देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज देशभर ५८ जना निको भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ। हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो