प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक संसदीय दलको बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको बैठक बोलाएका छन्। अहिले संसद् बैठकलगत्तै प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएको उपनेता सुवास नेम्वाङले बताए। उनका अनुसार नेकपाका सबै सांसदहरुलाई बालुवाटारमा बोलाइएको छ। दलको बैठक बालुवाटारमा बोलाइएको छ।

सर्वोच्च अदालतको फैसलापछि ओलीले दलको बैठक बोलाएका हुन्। सर्वोच्च अदालतले आज गरेको फैसलाअनुसार नेकपा खारेज हुनेछ भने अब एमाले र माओवादी पार्टी कायम रहनेछ।