काठमाडौं। नेकपा नेता भीम रावलले सर्वोच्च अदालतकोे फैसलाको आलोचना गर्दै प्रधानमन्त्रीको दलीय हैसियतबारे प्रश्न गरेका छन्।पुनस्र्थापनापछिको पहिलो संसद बैठकमा नेता रावलले उक्त प्रश्न गरेका हुन्। संसदको कार्यसूची फेरिएकोमा पनि उनले आपत्ति जनाएका थिए।
प्रधानमन्त्रीको राजनीतिक दल अस्पष्ट भएको र सरकारलाई कुन दलको रुपमा बुझ्ने भन्दै उनले प्रश्न गरेका थिए। सर्वोच्च अदालतको फैसलापछि सरकार र प्रधानमन्त्रीको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे छलफल गरिनुपर्ने बताएका थिए।