अदालतको फैसलापछि कानुन व्यवसायीसँग परामर्श गर्दै प्रचण्ड–माधव

काठमाडौं। सर्वोच्च अदालतले नेकपा नाम ऋषिराम कट्टेलको पार्टीलाई दिने फैसला सुनाएपछि नेकपाको प्रचण्ड–माधव समुहले कानुन व्यवसायीसँग परामर्श थालेको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले अहिले नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन्।

छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता टिकाराम भट्टराई लगायतका सहभागी रहेका जनाइएको छ।