प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–माधव) पक्ष र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

पुनस्स्थापनापछि आइतबारका लागि बोलाएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा –दाहाल–नेपाल) पक्ष, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए। कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो। तर दाहाल–नेपाल पक्षका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए।

बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे। तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो।

अन्य सम्बन्धित समाचार:  काँग्रेसका वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा