गगन थापाको प्रश्न– सभामुख कुन पार्टीको हो?

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुखको पार्टी कुन हो भन्दै प्रश्न गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अदालतको निर्णयले थप संवैधानिक जटिलता सिर्जना गरेको जानकारी दिएका हुन्।

अदालतको फैसलापछि सभामुखलाई कुन पार्टीको मान्ने, थापाले प्रश्न गरे, अदालतको फैसलाले थप जटिलता सिर्जना गरेको छ। यी जटिलताहरू फर्की फर्की अदालतकै ढोकामा जाने हो। उनले हिजोसम्म नेकपाको विवाद टुंगो नलागेसम्म कांग्रेस चुप लाग्ने नीति रहेको तर अदालतको फैसलापछि कांग्रेसले छिटै नयाँ धारणा सार्वजनिक गर्ने बताए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य