बी डिभिजन लिगः श्रीकुमारी र बाँसबारी विजयी

काठमाडौं। सहिद स्मारक बी डिभिजन लिगमा आइतवार भएका खेलमा श्रीकुमारी र बाँसबारी विजयी भएका छन्। ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीकुमारी क्लबले नयाँ बस्ती युवा क्लबलाई चार–तीनले हराएको हो।

जितसँगै श्रीकुमारीले १० खेलमा ११ अङ्क जोडेको छ। नयाँबस्तीको १० खेलमा १२ अङ्क छ। त्यसैगरी एन्फा मैदानमा भएको दोस्रो खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबलाई चार–शून्यले हराएको छ। जितसँगै बाँसबारीले १० खेलमा २१ अङ्क जोडेको छ। झम्सिखेलको १० खेलमा ६ अङ्क छ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालको सानदार जित