इटालियन सिरी ‘ए’: एसी मिलानको शानदार जित

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले शानदार जित निकालेको छ।

आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई २-० गोलले पराजित गरेको हो।

भेरोनाको मैदानमा मिलानलाई जित दिलाउन रेड क्रुनिच र डियोगो डालोटले एक एक गोल गरे। २७औँ मिनेटमा क्रुनिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए।

खेलको ५०औँ मिनेटमा डालोटले गोल गर्दै मिलानलाई २-० को जित दिलाए। जितसँगै मिलान २६ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा पुगेको छ। भेरोना ३८ अंकसहित आठौँ स्थानमा छ।