म्यान्चेस्टर डर्बीमा युनाइटेडको जीत

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। युनाइटेडले म्यानचेस्टर सिटीलाई उसैको मैदानमा २-० ले पराजित गरेकाे हाे।

युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेस र लुक शले १-१ गोल गरे । दुवै हाफमा एक-एक गोल भएका थिए।

खेलको दोस्रो मिनेटमै फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। सिटीका गाब्रियल जेससले युनाइटेडका एन्थनी मार्सियाललाई डिबक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो जसमा फर्नान्डेस चुकेनन्।

स्रो हाफको ५०औं मिनेटमा रासफर्डको एसिस्टमा शले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र युनाइटेड ३ अंक बटुल्न सफल भयो।

यस हारसँगै सिटीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। विभिन्न प्रतियोगिता गरी खेलेका पछिल्ला २१ खेलमा सिटीले कुनैपनि खेल हारेको थिएन।

त्यसैगरी प्रिमियर लिगका पछिल्ला १५ खेलमा सिटी अपराजित रहेको थियो। उक्त अपराजित यात्रामा युनाइटेडले पूर्णविराम लगाइदिएको छ।

जीतसँगै २८ खेलबाट ५४ अंक भएको युनाइटेड दोस्रो स्थानमा रहेको छ भने पराजित भएपनि सिटी भने ६५ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ।