१७ वर्षीया किशोरीलाई बन्धक बनाइ चार दिनसम्म बलात्कार

भक्तपुर। १७ वर्षीया किशोरीलाई चारदिनसम्म बन्धक बनाएर जबर्जस्ती करणी भएको पाईएको छ। भक्तपुरको कौशलटारमा उनीमाथी करणी भएको खुलेको हो।

करणीमा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षीय युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन्।

उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबर्जस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

गिरीका अनुसार चौधरीले ‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर पटकपटक जबर्जस्ती करणी गरेका हुन्।

चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेर जबजस्ती करणी गरेका प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु