तत्काल मा‌ओवादीमा फर्किन सम्भव छैन: टोपबहादुर

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन्।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै उर्जामन्त्री समेतरहेका रायमाझीले भने,अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन।

तपाईं माओवादीमै फर्किनुहुन्छ त भन्ने अर्को प्रश्नको जवाफ दिँदै रायमाझीले भने, ‘अहिले तत्काल त्यो सम्भावना छैन।’
आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाएको थियो।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग