प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

सर्वोच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसला र आगामी रणनीति तयार गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सर्वोच्चको फैसलामा राजनीति भएको प्रचण्ड– नेपाल समूहले टिप्पणी गरेको छ।

प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा सहमत हुन नसक्ने बताएका छन् । पुनरवलोकनमा जाने सम्भावना रहेको नेताहरु बताउँछन्।

अन्य सम्बन्धित समाचार:  अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने