सूर्य पूर्वबाटै उदायो: गोकुल बाँस्कोटा

काठमाडौं। नेकपा ओली समूहका नेता गोकुल बाँस्कोटाले सूर्य पूर्वबाटै उदाएको टिप्पणी गरेका छन्।

पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले प्रतिनिधि सभा पुनस्थापनाको माग गर्ने र पछि सदल चल्न नदिई बहिस्कार गर्ने भन्दै नेकपा प्रचण्ड नेपाल पक्षप्रति टिप्पणी गरेका हुन्।

उनले भनेका छन्,आफै पुनस्थापनाको माग गरे अनि बहिष्कार,त्यो पनि सदन चल्न हुँदैन भनेर।सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउदै दौड्या हुन? अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे।अब ए-कता वा एकता जे चाहिया,सो पाइया छ। फेरि क्याउँक्याउँ ?सकिएन बा! हे, कम्फरटेवल लौन,केही नयाँ चटक गर।’