माधव नेपाललाई खिमलाल भट्टराईको चेतावनी: तीन पटकसम्म बैठकमा नआए निस्काशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेका नेता खिमलाल भट्टराईले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा तीन पटकसम्म उपस्थित नभए माधवकुमार नेपाललगायत सांसदलाई निस्काशन गर्ने चेतावनी दिएका छन्।

उनले अर्कोतिर लागेका नेता नेपाल लगायत सबैलाई पार्टी कार्यालयले बैठकबारे सूचित गर्ने र उनीहरु आएमा साविककै नेताको हैसियत पाउने नआए कारवाहीमा पर्ने बताए।

उनले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक छिट्टै नै बस्ने जानकारी समेत गराए। उनले कानुनी र राजनीतिक प्रश्न खडा भएकोले संवाद र सहमतिको सम्भावना न्यून रहेको पनि बताएका छन्।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो