बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

दाङ। दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक लमही नगरपालिकाका तिलक थापा र पछाडि बस्ने प्रकाश थापाको ज्यान गएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै ज्यान गएको र चालक तिलक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत