प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडाैं।  नेकपा प्रचण्ड–नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठक सरेको छ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कानूनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको प्रवक्ता श्रेष्ठले बताए।

हिजो आइतवार बेलुका प्रचण्ड–नेपाल पक्षले कानुन विद्हरुसँग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न आज सोमवारका लागि स्थायी कमिटी बैठक बोलाएको हो।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली