बी डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

काठमाडौं। सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र मध्यपुर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सातदोबाटो र मध्यपुरबीचको खेल अपरान्ह १२ः १५ बजे सुरु हुनेछ। सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ। मध्यपुरले ९ खेलमा १० अंक जोडेको छ। मध्यपुर आठौं स्थानमा रहेको छ।

अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटीले पुल्चोक स्पोट्र्स क्लबसँग खेल्नेछ। आरसिटी र पुल्चोकबीचको खेलदिउँसो ३ः३० बजे सुरु हुनेछ। आरसिटी १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाललाई दियो नेदरल्याण्ड्सले १३७ रनको लक्ष्य