आज सेयर कारोबार नहुने

काठमाडाैं। सोमबार सेयर बजार बन्द भएको छ। आज सोमबार अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ।

सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो।

अब बजारमा मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ।

यसअघि आइतबार नेप्से सूचक २१.५८ अंकले घटेर २४८५.१० विन्दुमा अडिएको छ।

आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।