भीम रावललाई ओलीको प्रश्न–‘तपाई कुन पार्टीको हो?’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षका सांसद् भीम रावलाई ‘तपाई कुन पार्टीको नेता हो’ भनेर उल्टो प्रश्न गरेका छन्। आइतबार संसद् भवनमा तपाई कुन पार्टीको हो भनेर प्रधानमन्त्री ओलीलाई भीम रावलले भनेपछि आज काठमाडौंमा आयोजित १ सय ११औँ महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रावललाई पनि ‘तपाई कुन पार्टीको हो’ भनेर प्रश्न गरे।

उनले भने, ‘हिजो संसद्मा एकजनाले तपाई कुन पार्टीको हो भनेर सोध्नु’भो। अब मैले सोध्न नपरोस तपाई कुन पार्टीको हो? देखिराछ, देखेर पनि नदेखेको जस्तो गर्छ। सर्वोच्चलाई सोध्न गए हुन्छ।’