जसपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। जनता समाजवादी पार्टीले आज संसदीय दलको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले संसदीय दलको बैठक बोलाएको जसपाका नेता उमाशंकर अरगरियाले बताए।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको जनाइएको छ।