प्रतिनिधिसभा बैठकप्रति ओलीको कटाक्ष, छलफल गरेको कि धाँमी नाचेको?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्‌मा देशका समस्याबारेमा छलफल हुन पाउनेपर्ने भए पनि आइतबार त्यस्तो अवस्था नभएको बताए। 

उनले भने, ‘संसद् पुनर्स्थापना भयो, ठीक छ। स्थापित संसद्लाई देशका समस्याका बारेमा छलफल गर्ने, समाधान गर्ने थलो बनाऔँ। अगाडि माननीय लेखिएको हुन्छ। माननीयले बोल्ने भाषामा छलफल गरौँ न। छलफल गरेको हो कि ? धामी नाँच हो कि ? गुर्र कुदेर आएर रोष्ट्रममा नारा लगाएका छन्। अध्यादेश फेल गरे भयो नि। अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी भयो।’ संसद् पुनर्स्थापना किन गर्या रहेछ भने उफ्रिन मुद्दा हाल्न। संसद् त्यसका लागि पो पुनर्स्थापना भएको रहेछ प्रधानमन्त्रीले भने।

 

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा नेपाल पक्षको समानान्तर कमिटी