नेपाल पक्षको बैठक सम्पन्न, प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने निश्कर्ष

काठमाडौं। नेकपाको माधव कुमार नेपाल पक्षका नेताहरुको आन्तरिक छलफल सम्पन्न भएको छ।

सर्वोच्च अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे नेपाल पक्षका नेताहरुको आज काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा बसेको बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विस्थापित् गर्नेगरि अबको कदम चाल्नेबारे निश्कर्ष निकालेको एक नेताले जनाए।