ओलीसँग माधव नेपालको गर या मरको राजनीतिक लडाई शुरु

काठमाडौं। सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ बढेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब उनको गर या मरको राजनीतिक लडाई शुरु भएको छ।

नेपालले नेकपा एमाले फुटाउने सम्मको तयारी गरेका छन्। नेपाल पक्षको आज काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा बसेको बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विस्थापित् गर्नेगरि अबको कदम चाल्नेबारे निश्कर्ष निकालेको जनाइएको छ।

नेपाललाई प्रधानमन्त्री बन्नका लागि प्रस्तावहरु आएपछि उनी उत्साही भएको बुझिएको छ। हिजोसम्म निराश भएका नेपाल आज एकाएक उत्साही भएका हुन्। अहिले नेपालसँग ४० जना सांसद छन् । नेकपा एमालेको १२१ सांसदमध्ये पार्टी विभाजन गर्न उनीसँग पर्याप्त सांसद छैनन। ४८ सांसदको आवश्यकता पर्ने भएपछि नेपाल त्यसका लागि सक्रिय भएका छन्। उनीसँग अपुग ८ सांसदको तयारी भइरहेको बुझिएको छ।