गहुँबारीमा ८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

कपिलवस्तु। कपिलवस्तुमा ८५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।