नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी

काठमाडौं। काठमाडौंको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ।

नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेको फुड ट्रेक पार्कमा आगलागी भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको एसएसपी अशोक सिंहले बताए।

अन्य सम्बन्धित समाचार:  आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त