जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ: विप्लव

काठमाडौं। नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्ने बताए। कपिलवस्तुको शिवगढीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्। ‘अब जनतालाई अवसर चुन्ने अवसर दिनुपर्छ,’ महासचिव विप्लवले भनेका छन्, ‘वैज्ञानिक समाजावद कि संसदीय प्रणाली भनेर जनतालाई रोज्ने मौका दिनुपर्छ।’

यस्तै महासचिव विप्लवले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक अस्तित्व सकिएको बताए। ‘प्रचण्ड कमरेडले हाम्रा एकजना नेतालाई बोलाएर २० वर्ष म केही हुन्नँ, मलाई कसैले हल्लाउन सक्दैन भनेछन्,’ कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भनेका छन्, ‘तर हामीले छाडेको २० महिनामै प्रचण्ड त धुलोपिठो भए।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै