ओली र प्रचण्डले वार्ता गरेर मिल्नुपर्छः रघुजी पन्त

काठमाडौैं। नेकपा एमालेका नेता तथा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुन वार्ता गरेर पार्टी एकता जोगाउनुपर्ने बताएका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता जोगाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए।

‘सर्वोच्च अदालतको फैसला सम्मान गर्नुपर्छ व्यक्तिगत रुपमा मेरो असहमति भयो  बैठकमा सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्ने चर्चा भएको छ,’ प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका पन्तले भने, ‘एकता दुई पार्टीबीच जसरी भएको थियो त्यो आफैँमा राम्रो थियो। लोकतन्त्रको सुदृढिकरणको लागि, सार्वभौमएकताको लागि त्यसलाई जोगाएर जानुपर्छ। अध्यक्ष प्रचण्ड र केपी ओलीले अगाडि बढाएर जानुपर्छ।’  घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य लगायतका एमालेका नेताहरू आफ्नो भनाइ राख्दै बैठकबाट बाहिरिरहेका छन्।