पुरुष टग अफ वार प्रतियोगिता: नेपाल आर्मीलाई उपाधि

काठमाडाैं। प्रदेश २ स्तरीय पुरुष टग अफ वार प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ। नेपाल टग अफ वार संघ, प्रदेश २ समितिद्वारा आयोजित प्रतियोगिता एपीएफ दोश्रो भयो।

हरिवन नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा आर्मीले ३० हजार र एपीएफले २० हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, बरहठवा नगरपालिका, पर्वतीय खेलकुद महासंघलगायतको पनि सहयोग रहेको थियो।

हरिवन नगरपालिकामा भएको प्रतियोगितामा ९ पुरुष टिम सहभागी थिए। विजेतालाई हरिवन नगरपालिकाकी उप मेयर रेणुका पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

त्यसअघि दुईदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्द भट्टराईले उद्घाटन गरेका थिए।

सो अवसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटी, बरहठवा नगरपालिकाका मेयर देवानन्द महतो, नेपाल टग अफ वारका उपाध्यक्ष सूर्य भट्टराईलगायतको उपस्थिति रहेको थियो।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिज: नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

उद्घाटन अवसरमा महिलाको प्रदर्शनी खेल पनि भएको थियो।