कर्णाली नदीमा एकै परिवारका २ को शव भेटियो

काठमाडौं। कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ। माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको प्रहरीले जनाएको छ।

अन्य तीन जना हराइरहेका छन्।

पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए भने दुई जनाको शव कर्णाली नदीमा भेटिएको हो।

अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेश— कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन, फेरि बस्दै

डीएसपी श्रेष्ठले मानसिंहका हालपनिदुई छोरीको शव भेटएपनि एक छोरी, एक छोरा र श्रीमती बेपत्ता रहेका छन्।
स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन्।

स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ।