अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने घोषणा गरेका छन्। आयोगमा बहाल रहँदासम्म पेन्सन (निवृतभरण) नलिने प्रमुख आयुक्त राईको भनाइ छ।

प्रमुख आयुक्त राई माघ २१ गते उक्त पदमा नियुक्त भएका हुन्। आयोगका लेखा अधिकृत निमलाल भुसालका अनुसार राईले प्रमुख आयुक्तको हैसियतमा प्राप्त हुने सेवा–सुविधा मात्र लिनेछन्।

राईले फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवासुविधा पाउँदासम्म खाईपाई आएको निवृत्तभरण रकम नलिने स्वघोषणा गरेका हुन्।

भुसालले यससम्बन्धी जानकारीपत्र निवृत्तभरण व्यवस्थापन कार्यालयलाई पठाएका छन्। त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (संवैधानिक शाखा), अर्थ मन्त्रालय र राष्ट्रिय किताबखाना (निजामती)लाई पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा