बारामा युवकको हत्या

बारा। बारामा एक युवकको हत्या भएको छ। जिल्लाको निजगढ नगरपालिका–९ बुद्धचोकमा मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो। युवकमाथी धारीलो हतयार प्रहार भएको बताइएको छ।

उनी पेन्टरको काम गर्दथे। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनास्थलमा रहेका डिएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए। दुई तले घरको तल्लो तलामा खाजा पसल छ। माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए।

मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन्।