प्रचण्ड–नेपाललाई अपराधी भन्दै सूर्य थापाको व्यंग्य

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहमाथी खनिएका छन्।

प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै थापाले प्रचण्ड–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन्।

मंगलवार विहानै फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले दाहाल–नेपाल पक्षका नेताहरुलाई अपराधी भन्दै व्यंग्य गरेका हुन्।

दाहाल–नेपाल समूहले आ–आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेकोप्रति इंगित गर्दै थापाले पार्टी अध्यक्ष ओलीलाई चार पटकसम्म पार्टी सदस्यबाट निश्कासन गरेको घोषणा गर्नेहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै कटाक्ष गरेका छन्।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,” थापाले फेसबुकमा लेखेका छन्।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली