जसपा संसदीय दलको पहिलो बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको पहिलो बैठक आज बस्दैछ।

आज मंगलवार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देशको बदलिँदो राजनीतिक अवस्था तथा संसदमा कसरी प्रस्तुत हुने भन्ने लगायतका विषयमा छलफल हुने जसपाका नेता राजकिशोर यादवले जानकारी दिए।

तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बनमा छन्।

अन्य सम्बन्धित समाचार:  जसपामा विवाद बढेपछि ठाकुर र यादवबीच वार्ता हुँदै