एमालेकाे पार्टी कार्यालय धुम्बाराही, बोर्ड राखिदै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले धुमबाराही स्थित पार्टी कार्यालयमा आज पार्टीको नाम र एमालेको बोर्ड राख्ने भएको छ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो।

सोमबारबाटै देशभरका पार्टी कार्यालयहरुमा ‘नेकपा एमाले’ लेखिएका साइनबोर्ड राख्ने क्रम सुरु भएको छ।

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएपछि धुम्बाराही र पेरिसडाँडाका कार्यालयहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड राखिएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको सपथमा यसो भन्छन् बाबुराम