मन्त्रीपरिषद् बैठक आज बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतको दल विभाजन सम्बन्धि निर्णयपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका हुन्।

दिउँसो ४ बजेका लागि मन्त्रीपरिषद् बैठक अपराह्न ४ बजेका लागि डाँकिएको बालुवाटार श्रोतले बताएको छ।

सर्वोच्च अदालतले आइतबार नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने गरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो।

फागुन २३ गते बसेको प्रतिनिधिसभाको बैठक पनि संवैधानिक परिषद् सम्बनिध अध्यादेश ल्याउन खोजेपनि प्रचण्ड नेपाल पक्ष र प्रतिपक्षिहरुको विरोधका कारण सथगित भएको थियो। अर्को बैठक फागुन २६ गते बस्दैछ।

अन्य सम्बन्धित समाचार:  राजीनामा दिने एमाले सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको वचन