धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं। साबिक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धुम्बाराहीस्थित कार्यालयमा नेकपा (एमाले) को बोर्ड राखिएको छ।

म‌ंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो।

एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो। सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन्।

ओली समूहले पनि अदालतको फैसलालाई स्वागत गरिसकेको छ। माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको कोटेश्वरको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ।

जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको शपथ आज