एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने?: गगन थापा

गगन थापा

काठमाडाैं। नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

फागुन २३ गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले नाराबाजी र विरोध गरेकोप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे’ भनेर अभिव्यक्ति दिएपछि नेता थापाले प्रश्न गरेका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै नेता थापाले लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झूट प्रधानमन्त्रीज्यू ! एसिड आक्रमण र महिलामाथि हुने हिंसा विरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौं ।’

अन्य सम्बन्धित समाचार:  केपी ओली प्रधानमन्त्री नियुक्त