सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

सुनको भाउ

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोवार हुनेछ।

सोमबार सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो। महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  नेप्से सामान्य अंकले घट्यो