ब्रजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको दोषबाट सफाइ

ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई सर्वोच्च अदालतका एक न्यायाधीशले भ्रष्टाचारको दोषबाट सफाइ दिएका छन्।

यसले सन् २०२२ को राष्ट्रपति निर्वाचनमा सहभागी हुने उनको बाटो खुलेको छ।

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो।

घुसकाण्डमा सफाइ

ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका छन्।

उनलाई अपरेशन कार वाश नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो। त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए।

तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका छन्।

उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित सङ्घीय अदालतमा हुने फैसला गरेका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोनाबाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी