प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाए

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने जनाइएको छ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता गणेश शाहले बताए। आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने उनको भनाइ छ।

यसअघि एकीकरणपछि पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड झिकेर एकीकरण पहिलेकै पार्टीको बोर्ड राखिने उनले जानकारी दिए।माओवादी केन्द्रका रामबाहदुर थापा ‘बादल’ टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाह ओली पक्षमा लागेका छन्। बैठकले उनीहरुलाई पार्टीमा बोलाउने वा कारबाही गर्नेबारे पनि निर्णय गर्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा दाउरा कमी नहोस्ः वनमन्त्री आले