झापामा नेकपा एमालेको बोर्ड

झापा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो।

सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो। नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो। आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए।

अन्य सम्बन्धित समाचार:  देउवाले बोलाए काँग्रेसको पदाधिकारी बैठक