दैलेख घटना अपडेटः थप दुई जनाको शव फेला, एक अझै बेपत्ता

दैलेख। दैलेखमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका एकै परिवारका थप दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठका अनुसार आमा सुनिता बडुवाल र उनका छोरा १० वर्षीय ललितको शव फेला परेको हो। 

उनीहरूको शव दैलेख र अछाम जोड्ने बेलखेलस्थित पुल नजिकैको कर्णाली नदीमा शव फेला परेको उनले बताए। डीएसपी श्रेष्ठका अनुसार ७ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन्। उनको खोजी भइरहेको छ।  दुई छोरीको शव भने सोमबारै १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा फेला परेको थियो। 

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा थपियो १५ दिन निषेधाज्ञा