रघुजी विरुद्ध मुद्दा हालेकी कोमल वलीले भनिन्: क्षमा दिन सक्दिनँ

काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताइन।

उनले पूर्वमन्त्री पन्तविरुद्ध आज जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी छन्। उनले भनिन्, ‘उहाँले मसँग माफी माग्नु भएको छैन। मेरो आशय त्यस्तो थिएन भन्नु भएको छ। तर यस्तो शब्द प्रयोग गर्नुभएको छ, त्यो क्षम्य हुने खालको छैन।’ आफू मात्र नभई समग्र आमा दिदीबहिनीलाई चोट पुगेकाले मुद्दा दर्ता गर्ने निर्णयमा पुगेको उनले बताइन।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री भट्टलाई मातृशोक