माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। सर्वोच्च अदालतले नेकपाकोे एकीकरणलाई मान्यता दिन अस्वीकार गर्दै नेकपा (एमाले) र माओवादी केन्द्र ब्युताँएपछि माओवादी समुहको पहिलो स्थायी कमिटी बसिरहेको हो।

बैठकको मुल एजेन्डा केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा केन्द्रित रहेको छ।सरकारलाई समर्थन दिएको विषयमा पनि छलफल हुने माओवादी स्थायी कमिटी सदस्य देव गुरुङले बताए। बैठकमा माओवादी केन्द्रबाट मन्त्री रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेता भने उपस्थित छैनन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र महन्थबीच भेटवार्ता, के भयो कुराकानी?