जसपा संसदीय दलको बैठक सुरु

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत उपस्थित छन्।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा केन्द्रित भएर बैठक बसेको हो। प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल बैठकमा हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  देउवा र प्रचण्डबीचको वार्ता—समयमै बहुमतीय सरकारको दावी गर्ने