कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने

काठमाडौं। कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए।

परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ। कोरोना भाइरस महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड संकटका बेला अक्सिजन अभाव हुन नदिन महावीर पुनका ६ सुझाव