कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग छलफल गर्ने भएको छ। आज पार्टी मुख्यालयमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताए। यद्यपि, अहिले नै समर्थन फिर्ता लिने बारे भने कुनै निर्णय नभएको जानकारी दिए।

‘हामीले एमालेसँग पनि छलफल जारी राखेका छौँ। तर, अहिले मुख्य जोड नेपाली काँग्रेस र जसपासँगको छलफलमा छ,’ श्रेष्ठले भने। फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको  जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायोः प्रधानमन्त्री ओली