नेता जोशीलाई फेरि भेन्टिलेटरमा राखियो

काठमाडौं। मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई शनिबारदेखि फेरि भेन्टिलेटरमा राखिएको छ। १३ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो।

तर शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न डा. राजीव झाले जानकारी दिए। ‘भेन्टिलेटरबाट निकालेको २४ घण्टा भइसकेको थियो। तर शनिबार बिहान एक्कासी समस्या भयो,’ उनले भने, ‘अहिले ब्लड प्रेसर, हर्ट विट लगायत नर्मल नै देखिएको छ।’

अन्य सम्बन्धित समाचार:  नयाँ सरकार बनाउन समर्थन जुटाउने काँग्रेसको निर्णय