सेयर बजार २३ अंकले घट्यो

काठमाडौं। सेयर बजार आज २३.२२ अंकले घटेको छ। आज परिसूचक १४६१.८८ बिन्दुमा ओर्लिएको छ। कारोबार रकममा पनि भारी गिरावट आएको छ। आज ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँमा २१० कम्प्नीका १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेच भएको छ।

होटल तथा पर्यटन, जलविद्युत् र म्युचुल फण्डबाहेका सम्पूर्ण समूह सूचक ओरालो लागेका छन्। सबैभन्दा बढी कमाउने कम्पनीमा हिमालय ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, रैराङ हाइड्रो पावर, युनाइटेड फाइनान्स कम्पनी छन्। यी कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन्।

साथै आज बढी गुमाउने कम्पनीहरुमा, सपोर्ट लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ।

अन्य सम्बन्धित समाचार:  नेप्से २७ अंकले बढ्यो