एमाले–माओवादीलाई एकताका लागि १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह

काठमाडौं। निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ।

आज बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको जनाइएको छ। ऋषि कट्टेलको मुद्दामाथि फैसला गर्दै माओवादी र एमाले मिलेर बनेको नेकपा खारेज गरेको थियो।

अन्य सम्बन्धित समाचार:  कार्की र चौलागाईँका निधनमा कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त